भारतमा बेचिएका दुईजना नेपाली किशोरीकाे उद्दार
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १२:४५:०० मा प्रकाशित
काठमाडाैं । दुई वर्षअघि भारतमा बेचिएका दुईजना नेपाली किशोरी र उनीहरुका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय पर्साले उद्दार गरेको छ । माइती नेपाल र भारतीय प्रहरीसँग समन्वय गरेर बिहारबाट १८ र १९ वर्षीया किशोरीलाई उद्दार गरिएको जिप्रका पर्साका प्रवक्ता (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिएका छन् ।
विवाह र पार्टीमा देखाइने नाच ‘अर्केष्टा’मा काम लगाउने भनेर उनीहरुलाई मानव तस्करले दुई वर्षअघि झापाबाट भारत लगेका थिए । १८ वर्षीया किशोरीको साढे २ वर्षका छोरा र १९ बर्षकी किशेरीकाे साढे ३ वर्षीया छोरीलाई पनि उद्दार गरिएको डिएसपी खनालले बताए ।
भारतको बिहार स्थित छौंडादानोमा कोठामा मोवाइल प्रयोग गर्न नदिएर राखेको अवस्थामा उनीहरुलाई मुद्दा गरेर वीरगञ्ज ल्याइएको छ । उनिहरुलाई बेच्ने व्यक्तिहरुको खोजी भइरहेको डिएसपी खनालले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस