भारतमा बेचिएका दुईजना नेपाली किशोरीकाे उद्दार
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १२:४५:०० मा प्रकाशित

काठमाडाैं । दुई वर्षअघि भारतमा बेचिएका दुईजना नेपाली किशोरी र उनीहरुका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय पर्साले उद्दार गरेको छ । माइती नेपाल र भारतीय प्रहरीसँग समन्वय गरेर बिहारबाट १८ र १९ वर्षीया किशोरीलाई उद्दार गरिएको जिप्रका पर्साका प्रवक्ता (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिएका छन् ।
विवाह र पार्टीमा देखाइने नाच ‘अर्केष्टा’मा काम लगाउने भनेर उनीहरुलाई मानव तस्करले दुई वर्षअघि झापाबाट भारत लगेका थिए । १८ वर्षीया किशोरीको साढे २ वर्षका छोरा र १९ बर्षकी किशेरीकाे साढे ३ वर्षीया छोरीलाई पनि उद्दार गरिएको डिएसपी खनालले बताए ।
भारतको बिहार स्थित छौंडादानोमा कोठामा मोवाइल प्रयोग गर्न नदिएर राखेको अवस्थामा उनीहरुलाई मुद्दा गरेर वीरगञ्ज ल्याइएको छ । उनिहरुलाई बेच्ने व्यक्तिहरुको खोजी भइरहेको डिएसपी खनालले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस