गाउँ सहर

नेपाल–भारत सम्बन्धमा ‘पुतपुताइरहने’ समस्या रहेको बाबुरामको टिप्पणी

काठमाडाैं । बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्धमा बाहिर देखिने मित्रताभन्दा भित्रभित्रै “पुतपुताइरहने” गम्भीर समस्या रहेको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र उनले  द हिन्दुस्तान टाइम्समा लेखेको लेखलाई सन्दर्भ बनाउँदै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले नेपाल–भारत सम्बन्धमा विकास साझेदारी, सभ्यता र ‘रोटी–बेटी’ सम्बन्धका कुरा हुँदा दुवैतिर सकारात्मक माहोल बन्ने बताए । तर त्यसको भित्र अर्को “पुतपुताइरहने” संवेदनशील पक्ष रहेको उनको भनाइ छ ।

उनका अनुसार भारतको सामरिक सुरक्षा सोच र नेपालीहरूमा रहेको राष्ट्रिय सार्वभौमसत्ताप्रतिको संवेदनशीलता नै दुई देशबीचको दीर्घकालीन अविश्वासको मुख्य कारण बनेको छ । उनले भारतीय पक्षमा ‘हिमालको सेरोफेरो आफ्नो सुरक्षा घेराभित्र हुनुपर्छ’ भन्ने मानसिकता र नेपाली समाजमा ‘सिक्किमीकरण’को त्रास गहिरो रूपमा रहेको उल्लेख गरेका छन् ।

भट्टराईले यही समस्या समाधानका लागि आफूले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को अवधारणा अघि सारेको स्मरण गर्दै त्यसको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको बताए । साथै उनले रवि लामिछानेको वर्तमान दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धको यो दुष्चक्र तोड्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत