गाउँ सहर
१ करोड ६५ लाख भ्रष्टाचार गर्ने अधिकृतविरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १२:०२:०० मा प्रकाशित
काठमाडौँ । अर्थ मन्त्रालयको तत्कालीन शाखा अधिकृत उद्वव प्रसाद थपलियाविरुद्ध मुद्दा दायर भएको छ । उनले करिब एक करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अहिले अवकाश पाइसकेका थपलियाले आफू पदमा रहँदा अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले छानविन गरेको थियो । करिब ३५ वर्ष सार्वजनिक पदमा बसेका उनको वैध आय करिब एक करोड तीन लाख रहेको समेत आयोगले जनाएको छ ।
उनले एक करोड ६४ लाख ८९ हजार रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।
उनीमाथि भ्रष्टाचार गरेको रकम बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस