गाउँ सहर

पौडललाई वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार

पोखरा । राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा पौडेललाई गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल र संघका अध्यक्ष बोबरजङ्ग गुरुङले २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट सम्मान गरे ।

पौडेललाई समाचार लेखनका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा अर्थमन्त्री बरालले कोरोना प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको बताए ।

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले धार्मिक पर्यटनका माध्यमबाट समृदि्ध हासिल गरिने लक्ष्यका साथ धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनलाई संघले प्राथमिकतामा राखेको बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा ल्याउन निजी क्षेत्रसँगको साझेदारीमा प्रवद्र्धनात्मक कार्यक्रमलाई अघि बढाइने उल्लेख गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई,नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपाने, नेपाल चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, महसचिव सुरेश दाहाल, प्रथम उपाध्यक्ष बाबुराम पाण्डे लगायतले सरकारको नीति व्यवसायमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्षमा बोबरजङ्ग गुरुङ, प्रथम उपाध्यक्षमा दुर्गादत्त दाहाल, द्वितीय उपाध्यक्षमा दीपेन्द्र ढकाल, महासचिवमा सुरेश दाहाल, सचिवमा प्रकाशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रवीप्रसाद आचार्य, सदस्यहरू भुवानीप्रसाद अधिकारी, शोभाखर तिवारी, श्याम लामिछाने, विजय पौडेल, विकास कंडेल र भीम खड्का रहेका छन् । 

तपाईँको मत