काँग्रेसको केन्द्रीय समिति बैठक सुरु, पौडेल र सिंह गएनन्
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १४:३२:०० मा प्रकाशित
काठमाडाैं । काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा पौने २ बजे सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह उपस्थित भएका छैनन् । आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्ने तयारी भएको छ ।
साथै १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको जनाइएकाे छ ।
बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य समेत थप्ने प्रस्ताव लैजाने गृहकार्यमा रहेको देउवा पक्ष बैठकमा वरिष्ठ नेता पौडेल र नेता सिंह अनुपस्थित भएपछि सो प्रस्तावबाट पछि हटेको बुझिएको छ । काँग्रेसको १४ औं महाधिवेशन भाेलिबाट सुरु हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस