बलात्कारकाे आरोपमा एक जना पक्राउ
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १२:५४:०० मा प्रकाशित

लमजुङ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला लमजुङमा बलात्कारकाे आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । अभियानकै क्रममा लमजुङमा फरक क्षमता भएकी २५ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
बलात्कार आरोपमा प्रहरीले बेँसीसहर नगरपालिका- १० का ४१ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरेको हो । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार राइनास क्षेत्रमा सामान्य ठेक्कापट्टा गर्दै आएका गुरुङले जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको छ ।
उनले जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको बताए । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालू आवको साउनदेखि मंसिर २१ सम्म १२ वटा बलत्कारका घटना दर्ता भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस