बलात्कारकाे आरोपमा एक जना पक्राउ
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १२:५४:०० मा प्रकाशित
लमजुङ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला लमजुङमा बलात्कारकाे आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । अभियानकै क्रममा लमजुङमा फरक क्षमता भएकी २५ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
बलात्कार आरोपमा प्रहरीले बेँसीसहर नगरपालिका- १० का ४१ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरेको हो । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार राइनास क्षेत्रमा सामान्य ठेक्कापट्टा गर्दै आएका गुरुङले जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको छ ।
उनले जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको बताए । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालू आवको साउनदेखि मंसिर २१ सम्म १२ वटा बलत्कारका घटना दर्ता भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस