नेपाल टेलिकमकाे प्रवन्ध निर्देशक पदका लागि दरखास्त आह्वान
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १२:५०:०० मा प्रकाशित
काठमाडाैं । नेपाल टेलिकमले प्रबन्ध निर्देशकका लागी दरखास्त आह्वान गरेकाे छ । सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमले प्रवन्ध निर्देशक (एमडी) पदका लागि दरखास्त आह्वान गरेको हाे ।
अहिले प्रबन्ध निर्देशकको कार्यभार सम्हालेर बसेका डिल्लीराम अधिकारीको पुस २२ गते पदावधि सकिने भएपछि नयाँ प्रबन्ध निर्देशकको खोजी गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक चयन गरिने जनाएको हो ।
मन्त्रालयाका अनुसार आवेदकलेमान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ मध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ । आवेदक ३५ वर्ष पूरा भई ५६ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
साथै दुरसंचार कम्पनी वा सोही प्रकृतिका दूरसंचार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षसहित १२ वर्षको अनुभव भएको हुनुपर्ने जनाइएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस ७ गते बुधबार दिउँसो ४ बजेसम्म दरखास्त पेस गरिसक्नु पर्नेछ । दरखास्त फारम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा सिंहदरबारमा बुझाउनु पर्नेछ ।
सरकारले नेपाल टेलिकमको एमडी छनौट तथा सिफारिसका लागि मन्त्रालयका सचिव बैकुन्ठ अर्यालको नेतृत्वमा समिति बनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस