यी याेग्यता छन् भने उपकुलपति पदमा दरखास्त हाल्नुहाेस्
- गाउँ सहर संवाददाता
- २५ बैशाख शुक्रबार, २०८३ | १२:०३:०० मा प्रकाशित
काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।
विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो ।
इच्छुक तथा योग्य व्यक्तिले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र दरखास्त दिन सकिने बताइएको छ ।
न्यूनतम योग्यता यस्ताे छ:-
(१) यस कार्यविधि बमोजिम विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि उम्मेदवारको न्यूनतम योग्यता देहाय बमोजिम हुनेछ:–
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधी उपाधि प्राप्त गरेको,
(ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको,
(ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सिप र कौशल प्रदर्शन गरेको,
(घ) चालिस वर्ष उमेर पूरा भएको,
(ङ) उच्च नैतिक चरित्र भएको,
(च) प्रचलित ’कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको,
(छ) आवेदकको सम्बन्धित् विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको,
(ज) नेपाली नागरिक भएको,
(झ) दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको ।
(२) लुम्बिनी बौद्ध विश्वविद्यालयको हकमा उपदफा (१) को खण्ड (क) को सट्टा देहायको व्यवस्था गरिएको छ, मान्यता प्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शनसम्बन्धी विषयमा कम्तिमा विद्यावारिधी उपाधि हासिल गरेको ।
(३) कृषि तथा वनविज्ञान विश्वविद्यालयको हकमा उपदफा (१) को खण्ड (क) को सट्टा देहायको व्यवस्था गरिएको छ. मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि, भेटेरेनरी वा वनविज्ञान विषयमा कम्तिमा विद्यावारिधी उपाधि हासिल गरेको ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस