अर्थतन्त्र
बुधबार सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १२:१९:०० मा प्रकाशित
काठमाडाैं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन ९१ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
साथै मंगलबार सुन प्रतितोला २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस