थामिएन शेयरबजारकाे ओरालो यात्रा, ३७ अंककाे गिरावट
- गाउँ सहर संवाददाता
- २१ मङ्सिर मंगलबार, २०७८ | १५:४५:०० मा प्रकाशित

काठमाडौं । साेमबार सुधाराेन्मुख देखिएकाे शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पुनः घटेको छ । याेसँगै नेप्से करिब साढे ७ महिना यताकै न्युन विन्दुमा पुगेको छ ।
यस दिन नेप्से परिसूचक ३७.१८ अंक घटेर २५०८.९० विन्दुमा झरेको छ । यस अघि २०७७ चैत २५ गते नेप्से २५०६.६२ विन्दुमा बन्द भएको थियो । त्यसयता, नेप्से गत कात्तिक ४ गते २५१०.७३ विन्दुमा बन्द भएकोमा यस दिन १.४६ प्रतिशत घट्दै सोभन्दा तल बन्द भएको छ ।
निरन्तरको गिरावटपछि सोमबार सेयर बजारले केही गति लिएको थियो । बजारमा आएको गिरावटले बियरिस ट्रेन्ड समाउने हो की भन्ने चिन्तामा रहेका लगानीकर्तालाई सोमबार केही राहत मिलेको थियो । त्यो राहत २४ घन्टा पनि बित्न पाएन ।
२३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम पनि निकै कम रहेको छ । बजारसँगै कारोबार रकम घट्दा लगानीकर्ता निकै निरास बनेका छन् ।
कारोबारमा म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ १३.५५, विकास बैंक १४०.९५, जलविद्युत ७४.६९, फाइनान्स ९०.०८, निर्जीबन बीमा १६०.९८, जीवन बीमा ७३.९४ उत्पादन तथा प्रशोधन ९२.०३, माइक्रोफाइनान्स समूहको उपसूचक ७२.५६ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन महालक्ष्मी विकास बैंक, आइसीएफसी फाइनान्स र अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
यस दिन मूल्य बढेका कम्पनीहरुको सूचीमा अधिकांश म्युचुअल फण्डहरु रहेका छन् । मूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ७ वटा म्युचुअल फण्डहरु रहेका छन् । जसमध्ये सिटिजन्स म्युचुअल फण्ड २ र लक्ष्मी म्युचुअल फण्डको इकाईमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबारमा आएको आईसीएफसी फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.६५ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।
बजारले आफ्नो पुरानै गतिलाई छोडन सकेको देखिएन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस