गाउँ सहर
करेन्ट लागेर एक युवककाे ज्यान गयाे
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १६:३८:०० मा प्रकाशित

तनहुँ । करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको ज्यान गएकाे हाे ।
मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको प्रहरीले जानकारी दिएकाे छ ।
जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए ।
घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
ज्ञवाली तनहुँको दुलेगाैँडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी रहेकाे प्रहरीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस