भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य एक हप्ता क्वरेण्टीनमा राखिने
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १६:१३:०० मा प्रकाशित
काठमाडाैं । भारतबाट नेपाल फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वरेण्टीनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकालाई अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भएको हो ।
कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भनेर भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वरेण्टीनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिएका छन् ।
भारतबाट फर्केका नागरिकलाई होम क्वरेण्टीनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न पालिकालाई पत्राचारसमेत गरिएको छ । उनले भने - भारतबाट फर्किनेको सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न भनेका छौँ ।
झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य सुरु गरिएको छ । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ । यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले कडाइ गरेको छ ।
झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानु पर्ने भएको छ ।
कोरोनाविरुद्धको खोपको दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जानकारी दिएकाे छ । पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ ।
दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतीय प्रशासनले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस