अर्थतन्त्र

साेमबार सुनचाँदीकाे मूल्य स्थिर

काठमाडाैं । सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा स्थिरता कायम भएको छ । गत आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सनको मूल्य समेत गत आइतबारकै मूल्य कायम हुँदै आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता