अर्थतन्त्र

नेप्से ७२.३ अंकले घट्यो, चार अर्ब ९ करोड ७ लाख ६५ हजार माथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार परिसूचक (नेप्से ७२.३ अंकले घटेको छ ।

आइतबारको कारोबारको समाप्तिमा नेप्से २ हजार ५ सय १३.८८ विन्दुमा झरेको छ । सम्पूर्ण उपसमूहको सूचक पनि घटेको छ । विकास बैंक, फाइनान्स र ट्रेडिङको सूचक ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

यसैगरी जलविद्युत र लगानी समूहको सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । ८९ लाख २० हजार ८ सय ९४ सेयर कित्ता खरिदविक्री भएकामा चार अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय ६५ रुपैयाँको कारोबार भएको छ ।

गत साता नेप्से एक सय ४५ अंकभन्दा बढीले घटेको थियो ।

गाउँ सहर संवाददाता