गाउँ सहर

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौं ।  थापाथलीमा मिनी ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । 

आइतबार बिहान पौने ६ बजे थापाथलीबाट त्रिपुरेश्वर जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । 

स्कुटर चालक काभ्रे घर भई काठमाडौं सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

दुर्घटनापछि उपचारको लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । 

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरमा पछाडि सवार २२ वर्षीय आशिष हुमागाईको नर्भिक अस्पतालमै उपचार भइरहेको  हो  । 

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  महानगरीय प्रहरी वृत्त सिंहदरबारले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ । 

गाउँ सहर संवाददाता