ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह
- एजेन्सी
- १८ मङ्सिर शनिबार, २०७८ | ११:१८:०० मा प्रकाशित

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।’
उनका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि भएको छ । उनले ओमिक्रोन भेरियन्ट कोरोनाको अन्य भेरियन्टजस्तै प्रतिकार्य गर्न सकिनेसमेत बताए ।
उनले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गरे ।
उनले मानिसले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्ने र राम्रोसँग ठिक हुने मास्क लगाउनसमेत आग्रह गरे । उनले खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्न आग्रह गरेका छन् ।
ओमिक्रोन भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेको भन्दै उनले विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नका लागि अध्ययन गरिरहेको जानकारी दिए ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
प्रतिकृया दिनुहोस