छोरीको जन्म दिनमा उपहार स्वरुप विमा पोलिसी
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १०:३६:०० मा प्रकाशित
काठमाडौं । सिद्धार्थनगर न.पा.वडा नं. ८, रुपन्देही बस्ने यूवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो प्रिय छोरी जन्मोत्सवमा आफ्नो छोरी स्पर्धा शर्माको विमा पोलिसी खरिद गरि आफ्नो छोरीको भविष्य सुरक्षित गरेका छन् ।
आफ्नो छोरीको (२०,००,०००) विस लाखको विमा खरिद गरि आफ्नो छोरीको जन्मदिन मनाएका छन् । जन्मदिनको कार्यक्रममा भैरहवा एरिया प्रमुख नरेश सिग्देलले विमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाईफ इन्स्योरेन्स क.लि.को बारेमा छर्लङ्ग गराउदै आफ्नो प्रिय छोरीको जन्मदिनमा छोरीलाई उपहार स्वरुप विमा पोलिसी उपहार स्वरुप दिएकोमा उनलाई बधाई संगसंगै धन्यवाद दिए ।
त्यसैगरी भैरहवा शाखा प्रमुख गिरिजा खनालले जन्मदिन जस्ता शुभ दिनमा परम्परागत प्रणाली अनुसार सुन, चादि, हिरा जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्नु पर्नेमा जोड दिएका छन् ।
त्यसैगरी, एजेन्सी मेनेजर श्रीधर सुवेदीले शिक्षित परिवार तर विमा बारेमा चेतना कम भएर पनि विमा नगरेको धेरै ठाउ भेटेको र विमाको महत्त्व अझै आम सर्वसाधारण जनतालाई जानकारी नभएको भन्दै विमाको बारेमा व्यापक कार्यक्रम र जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने कुरा उल्लेख गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस