छोरीको जन्म दिनमा उपहार स्वरुप विमा पोलिसी
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १०:३६:०० मा प्रकाशित
काठमाडौं । सिद्धार्थनगर न.पा.वडा नं. ८, रुपन्देही बस्ने यूवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो प्रिय छोरी जन्मोत्सवमा आफ्नो छोरी स्पर्धा शर्माको विमा पोलिसी खरिद गरि आफ्नो छोरीको भविष्य सुरक्षित गरेका छन् ।
आफ्नो छोरीको (२०,००,०००) विस लाखको विमा खरिद गरि आफ्नो छोरीको जन्मदिन मनाएका छन् । जन्मदिनको कार्यक्रममा भैरहवा एरिया प्रमुख नरेश सिग्देलले विमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाईफ इन्स्योरेन्स क.लि.को बारेमा छर्लङ्ग गराउदै आफ्नो प्रिय छोरीको जन्मदिनमा छोरीलाई उपहार स्वरुप विमा पोलिसी उपहार स्वरुप दिएकोमा उनलाई बधाई संगसंगै धन्यवाद दिए ।
त्यसैगरी भैरहवा शाखा प्रमुख गिरिजा खनालले जन्मदिन जस्ता शुभ दिनमा परम्परागत प्रणाली अनुसार सुन, चादि, हिरा जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्नु पर्नेमा जोड दिएका छन् ।
त्यसैगरी, एजेन्सी मेनेजर श्रीधर सुवेदीले शिक्षित परिवार तर विमा बारेमा चेतना कम भएर पनि विमा नगरेको धेरै ठाउ भेटेको र विमाको महत्त्व अझै आम सर्वसाधारण जनतालाई जानकारी नभएको भन्दै विमाको बारेमा व्यापक कार्यक्रम र जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने कुरा उल्लेख गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्रतिकृया दिनुहोस