विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध मुद्दा
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर सोमबार, २०८२ | ०६:४६:०० मा प्रकाशित
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा एकैपटक ५ जना पूर्वमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार दायर गरेको आरोपपत्रमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री डा. रामशरण महत लाई प्रतिवादी बनाइएको छ ।
यस्तै, तत्कालीन पर्यटन मन्त्री स्व. पोष्टबहादुर बोगटीको मृत्यु भइसकेकोले बिगो असुल उपर गर्ने प्रयोजनका लागि उनकी श्रीमती राममाया बोगटीलाई प्रतिवादी कायम गरिएको छ ।
विमानस्थल निर्माणको ठेक्का प्रक्रियामा अस्वाभाविक रूपमा लागत बढाएर राज्यलाई हानी पुर्याएको अभियोगमा उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियारले मन्त्रीहरूसँगै तत्कालीन सचिवहरू (सुशिल घिमिरे, सुरेशमान श्रेष्ठ, रन्जनकृष्ण अर्याल लगायत), नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू र चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिसहित कुल ५५ जना विरुद्ध मुद्दा चलाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस