विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध मुद्दा
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर सोमबार, २०८२ | ०६:४६:०० मा प्रकाशित
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा एकैपटक ५ जना पूर्वमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार दायर गरेको आरोपपत्रमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री डा. रामशरण महत लाई प्रतिवादी बनाइएको छ ।
यस्तै, तत्कालीन पर्यटन मन्त्री स्व. पोष्टबहादुर बोगटीको मृत्यु भइसकेकोले बिगो असुल उपर गर्ने प्रयोजनका लागि उनकी श्रीमती राममाया बोगटीलाई प्रतिवादी कायम गरिएको छ ।
विमानस्थल निर्माणको ठेक्का प्रक्रियामा अस्वाभाविक रूपमा लागत बढाएर राज्यलाई हानी पुर्याएको अभियोगमा उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियारले मन्त्रीहरूसँगै तत्कालीन सचिवहरू (सुशिल घिमिरे, सुरेशमान श्रेष्ठ, रन्जनकृष्ण अर्याल लगायत), नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू र चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिसहित कुल ५५ जना विरुद्ध मुद्दा चलाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्रतिकृया दिनुहोस