धर्म परिवर्तन गराएको अभियोगमा पास्चरलाई जरिवाना र दुई वर्ष कैद
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | २०:५७:०० मा प्रकाशित
काठमाडाैं । धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ।
मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको हो।
डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको अदालतका वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए।
पाश्चर आचार्य गत वर्ष चैत ११ गते पोखराबाट पक्राउ परेका थिए। उनले आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए।
उनले यशुले कोरोना भाइरस निको पारिदिने भन्दै अफवाह फैलाएका थिए। उनले सो भिडिओ सामाजिक सञ्जालमा समेत हालेका थिए। उनीविरूद्ध उक्त मुद्दा कास्की जिल्ला अदालतमा पनि विचाराधीन अवस्थामा छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस