मंगलबार शेयर बजार १.४६ अंकले घट्यो, ३ अर्ब ८ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १५:४७:०० मा प्रकाशित
काठमाडौँ । केही दिनदेखि लगातार शेयर बजार घटिरहेकाे छ । साताको तेस्रो दिन पनि शेयर बजार घटेको छ ।
आज १.४६ अकंले शेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय २८.३७ विन्दुमा सीमित भएको छ। ०.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ६ सय २८.३७ विन्दुमा सिमित भएका हो ।
कारोबार पनि ओरालो लागेको छ । आज ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन डेभलपमेन्ट बैंक उपसमूह ०.८३ प्रतिशत, हाइड्रो पावर ०.३८ प्रतिशत, फाइनान्स ०.३६ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स ०.८३ प्रतिशत, अन्य उपसमूह ०.६९ प्रतिशत र म्युचल फण्ड उपसमूह ०.०७ प्रतिशतले बढेका छन् भने बैंकिङ उपसमूह ०.३७ प्रतिशत, ट्रेडिङ उपसमूह ०.८१ प्रतिशत, होटल एण्ड टुरिजम ०.१३ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन उपसमूह ०.८४ प्रतिशत, माइक्रो फाइनान्स उपसमूह ०.२२ प्रतिशत र इनभेष्टमेन्ट ०.५२ प्रतिशतले घटेका छन् ।
सबैभन्दा धेरै ०.८३ समान प्रतिशतले डेभलपमेन्ट बैंक र नन् लाइफ इन्स्योरेन्स उपसमूह बढे्का छन् भने म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.८४ अंकले सबैभन्दा धेरै घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस