मंगलबार शेयर बजार १.४६ अंकले घट्यो, ३ अर्ब ८ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १५:४७:०० मा प्रकाशित

काठमाडौँ । केही दिनदेखि लगातार शेयर बजार घटिरहेकाे छ । साताको तेस्रो दिन पनि शेयर बजार घटेको छ ।
आज १.४६ अकंले शेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय २८.३७ विन्दुमा सीमित भएको छ। ०.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ६ सय २८.३७ विन्दुमा सिमित भएका हो ।
कारोबार पनि ओरालो लागेको छ । आज ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन डेभलपमेन्ट बैंक उपसमूह ०.८३ प्रतिशत, हाइड्रो पावर ०.३८ प्रतिशत, फाइनान्स ०.३६ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स ०.८३ प्रतिशत, अन्य उपसमूह ०.६९ प्रतिशत र म्युचल फण्ड उपसमूह ०.०७ प्रतिशतले बढेका छन् भने बैंकिङ उपसमूह ०.३७ प्रतिशत, ट्रेडिङ उपसमूह ०.८१ प्रतिशत, होटल एण्ड टुरिजम ०.१३ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन उपसमूह ०.८४ प्रतिशत, माइक्रो फाइनान्स उपसमूह ०.२२ प्रतिशत र इनभेष्टमेन्ट ०.५२ प्रतिशतले घटेका छन् ।
सबैभन्दा धेरै ०.८३ समान प्रतिशतले डेभलपमेन्ट बैंक र नन् लाइफ इन्स्योरेन्स उपसमूह बढे्का छन् भने म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.८४ अंकले सबैभन्दा धेरै घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस