कोभिड अस्पतालमा महिलाले लगाइन् आगो
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १४:०५:०० मा प्रकाशित

एजेन्सी । कोभिड अस्पतालमा महिलाले अागो लगाएकी छन् । अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा अागो लागेपछि एक महिला पक्राउ परेकी हुन् ।
अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित एउटा होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन् । अाफू बसेको होटलको बेडमा अागो लगाएको उनीमाथि अारोप लागेको छ । उनी अाइतबार दुइ बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी थिइन् ।
अागो लागेपछि १६० जनालाइ होटलबाट बाहिर निकालिएको थियो । अागलागीमा कोही पनि घाइते भएका छैनन् । अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला अागलागीको घटना सार्वजनिक भएको हो ।
अोमिक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । यसलाइ विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ । भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया, जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ ।
कोभिड नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगकाे सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको थियो । नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस