जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १३:२१:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले एक युवती र एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–७ रामटोल बस्ने २१ वर्षीय बाबु भनिने विक्रम पटेल कुर्मीलाई पक्राउ गरेको हाे । पक्राउ परेका कुर्मीले पीडित युवतीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई गत शुक्रबार सिर्सिया खोलाको किनारको रहरबारीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
युवतीका अभिभावकले दिएको जाहेरीको आधारमा कुर्मीलाई उनकै घरबाट पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साको जिराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह कानुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कानुले गत शनिबार पीडित बालिकाका अभिभावकहरु घरमा नभएको मौका छोपी घरमै पसेर जबरजस्ती करणी गरेका थिए ।
पक्राउ परेका कुर्मी र कानु दुवैजनालाई जबरजस्ती करणी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता खनालले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस