जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १३:२१:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले एक युवती र एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–७ रामटोल बस्ने २१ वर्षीय बाबु भनिने विक्रम पटेल कुर्मीलाई पक्राउ गरेको हाे । पक्राउ परेका कुर्मीले पीडित युवतीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई गत शुक्रबार सिर्सिया खोलाको किनारको रहरबारीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
युवतीका अभिभावकले दिएको जाहेरीको आधारमा कुर्मीलाई उनकै घरबाट पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साको जिराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह कानुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कानुले गत शनिबार पीडित बालिकाका अभिभावकहरु घरमा नभएको मौका छोपी घरमै पसेर जबरजस्ती करणी गरेका थिए ।
पक्राउ परेका कुर्मी र कानु दुवैजनालाई जबरजस्ती करणी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता खनालले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस