'ए' डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुँदै
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | ०८:०७:०० मा प्रकाशित
काठमाडाैं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुनेछन् ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । खेल दिउँसो १ बजे हुने छ ।
पहिलाे खेलमा विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले हराएकाे बिग्रेड आज लगातार दाेस्राे जितकाे खाेजीमा हुनेछ भने एनआरटी पहिलाे जितकाे खाेजीमा हुनेछ । एनआरटी यसअघि भएकाे पहिलाे खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
बिग्रेड ३ अङ्कसहित तालिकाकाे पाँचौँ स्थानमा छ भने अङ्कविहीन एनआरटी १२ औँ स्थानमा छ ।
यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।
पहिलाे खेलमा एनआरटीलाई २-१ गाेल अन्तरले हराएकाे मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेकाे थियाे ।
मच्छिन्द्र तीन अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ भने त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस