नेपाललाई मलेसियाले दियाे ९३ रनको लक्ष्य
- गाउँ सहर संवाददाता
- १० मङ्सिर शुक्रबार, २०७८ | १५:११:०० मा प्रकाशित
काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य दिएको छ। दुबईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको हो ।
मलेसियाको लागि इल्सा हन्टरले अविजित सर्वाधिक ३९ रन बनाइन् । ४८ बल खेलेकी उनले चार चौका प्रहार गरिन्। यस्तै मास इल्साले १४ र युस्रिया याकोपले १२ रनको योगदान गरिन् ।
टस जितेर फिल्डिङ गरेको नेपालको लागि सबनाम राईले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी राईले १ मेडन राख्दा २७ रन खर्चेकी थिइन् ।
यस्तै कप्तान रुबिना क्षेत्री, कविता कुँवर र सीता राना मगरले समान १–१ विकेट लिए ।
शुक्रबार नेपाल मलेसियालाई हराउँदै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ । मलेसियालाई जितेको अवस्थामा नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ ।
तीन खेलमा दुई जीतसहित चार अंक बनाएको नेपाल दोस्रो स्थानमा छ । तीन खेलमा शत प्रतिशत जीत निकालेको यूएई ६ अंकसहित शीर्षस्थानमा छ ।
तालिकामा शीर्षस्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ। ग्लोबल छनोटको शीर्ष दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस