नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
- गाउँ सहर संवाददाता
- १५ श्रावण बिहीबार, २०८२ | १४:३५:०० मा प्रकाशित

काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा हुने भएको छ। नेपाल अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म हुने आईसीसी महिला टी-२० विश्वकप २०२६ छनोटको आयोजक बनेको हो।
२०२६ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप छनोट खेलका लागि १० टोली सहभागी हुनेछन्। उत्कृष्ट ४ टोली विश्वकपमा छनोट हुनेछन्।
२०२४ को आईसीसी महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण बंगलादेश र आयरल्यान्ड स्वतः छनोट भइसकेका छन्।
थाइल्यान्ड र नेपाल एसिया क्षेत्रबाट विश्वकप छनोट खेलका लागि योग्य भएका थिए। अमेरिकाबाट अमेरिकाले यो स्थान सुरक्षित गरेको थियो।
बाँकी रहेको ५ स्थानका लागि अफ्रिका स्थानका लागि अफ्रिका र युरोपबाट २ टोली छनोट हुनेछन् भने पूर्वी एसिया प्रसान्त क्षेत्रबाट एक टोली छनोट हुनेछ।
नेपालमा हुने छनोट खेलमा १० टोलीको सहभागी हुनेछ। त्यसलाई ५-५ टोलीको दुई समूहमा विभाजन गरिनेछ।
त्यसपछि एक सुपर सिक्स स्टेज रहनेछ र फाइनल खेल हुनेछ। छनोट खेलको तालिका पछि सार्वजनिक गर्ने आईसीसीले जनाएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलकाे पहिलाे संस्करणमा क्यानकाे मुनाफा २ कराेड ४६ लाख
- साउन १५ खिर खाएर मनाइँने परम्परा
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
प्रतिकृया दिनुहोस