गाउँ सहर
काेराेना अपडेट : थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १६:४८:०० मा प्रकाशित
काठमाडाैं । बुधबार नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ ।
२३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा १८१ थपिएका छन्। जसमध्ये काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस