टाटासुमोको ठक्करबाट २ जनाकाे ज्यान गयाे
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १४:५५:०० मा प्रकाशित
जनकपुरधाम । सर्लाहीमा टाटासुमोको ठक्करबाट दुई युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय देव मोक्तान र २३ वर्षीय मिलन ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
हिजाे बेलुका बागमती नगरपालिका वडा नम्बर १० केराबारी स्थित कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमो विपरित दिशाबाट आउँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार घाइते भएका मोक्तानको नमुना अस्पताल हरिवनमा लग्दा चिकित्सकले मृत घोषणा गरेको थियो ।
त्यस्तै ब्लोनको दुवै हातखुट्टामा चोट लागि गम्भीर रहेकोमा वीरष्ञ्ज रिफर गर्दा गण्डक हेल्थ केयरमा पुग्दा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बुढाथोकीले जनाएका छन् । टाटासुमो र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस