टाटासुमोको ठक्करबाट २ जनाकाे ज्यान गयाे
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १४:५५:०० मा प्रकाशित

जनकपुरधाम । सर्लाहीमा टाटासुमोको ठक्करबाट दुई युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय देव मोक्तान र २३ वर्षीय मिलन ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
हिजाे बेलुका बागमती नगरपालिका वडा नम्बर १० केराबारी स्थित कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमो विपरित दिशाबाट आउँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार घाइते भएका मोक्तानको नमुना अस्पताल हरिवनमा लग्दा चिकित्सकले मृत घोषणा गरेको थियो ।
त्यस्तै ब्लोनको दुवै हातखुट्टामा चोट लागि गम्भीर रहेकोमा वीरष्ञ्ज रिफर गर्दा गण्डक हेल्थ केयरमा पुग्दा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बुढाथोकीले जनाएका छन् । टाटासुमो र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस