प्रधानमन्त्री भन्दा कम छैन : अध्यक्ष दाहाल
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १४:०४:०० मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको परिवर्तनको एजेण्डा माओवादीले बोकेको दाबी गरेका छन् । बुधवार कैलालीमा भएको एक कार्यक्रममा उनले जनताको अगाडि प्रतिक्रियावादी झुक्दै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता मान्न बाध्य भएको दाबी समेत गरेका छन् ।
'आन्दोलनको आँधीबेहरी आएपछि बाध्य भएर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा आएकाहरु फेरी सल्बलाउन थालेका छन् । पोहोर साल थाहा पाइ हाल्नुभयो संविधान नै उल्ट्याउने प्रयास भएको' उनले बताए ।
दाहालले राष्ट्रिय एकता कायम नभएसम्म आफूहरुको लडाइँ जारी रहने बताउँदै भने, 'अब हामी शान्तिपूर्ण तरिकाले आवश्यक संविधान संशोधन गरेर अगाडि बढिनेछौं । माओवादी केन्द्र बलियो भयो भने राष्ट्रले निकास पाउँछ। माओवादी केन्द्र कमजोर भयो भने पाएका उपलब्धी पनि गुम्छन् ।'
प्रचण्डले माओवादीलाई मधेसी तथा थारुहरु माझ खुइल्याउने प्रयास भइरहेको आरोप समेत लगाएका छन् ।
'एकथरी अवसरवादीहरु मधेसमा जाँदा माओवादी होइन, मधेसको हित गर्ने हामी हौँ भन्दै नक्कली मधेसवादीहरु पुग्छन्,' उनले भने, 'यतातिर (कैलाली) आएर थारुहरुको त हामी हौँ । माओवादीले त छाडिसक्यो भन्छन् । काम गर्ने कालु मकै खाने भालु भन्छन् नी। त्यस्तै अहिले एकथरी भालुहरु निस्किएका छन् ।'
प्रचण्डले जनताको लागि लड्ने पार्टी माओवादी भएको दाबी गर्दै भने, 'तपाईँकै छोराछोरीको पार्टी भनेकै माओवादी केन्द्र हो ।' उनले अघिल्लो सरकारमा हुँदा केपी शर्मा ओलीले जनताको राम्रो काम होस भन्ने नचाहेकोसमेत आरोप लगाए ।
'जनताको पक्षमा प्रचण्डले बोले भने केपी ओलीले सुन्न नचाहने । त्यसैले त बालकोट पुगेनी,' उनले भने, 'अहिले त्यस्तो छैन । हुन त प्रधानमन्त्री त म होइन् । तर, प्रधानमन्त्री भन्दा कम पनि छैन । अर्थमन्त्रालय हामीसँगै छ । भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ । युवाहरुको रोजगारी खेलकुदको समस्या समाधान गर्ने मन्त्रालय पनि हामीसँग छ । यसपाली केपी ओलीको जस्तो हुँदैन ।'
फाेटाे/ बिना मगरकाे फेसबुकबाट
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस