प्रधानमन्त्री भन्दा कम छैन : अध्यक्ष दाहाल
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १४:०४:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको परिवर्तनको एजेण्डा माओवादीले बोकेको दाबी गरेका छन् । बुधवार कैलालीमा भएको एक कार्यक्रममा उनले जनताको अगाडि प्रतिक्रियावादी झुक्दै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता मान्न बाध्य भएको दाबी समेत गरेका छन् ।
'आन्दोलनको आँधीबेहरी आएपछि बाध्य भएर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा आएकाहरु फेरी सल्बलाउन थालेका छन् । पोहोर साल थाहा पाइ हाल्नुभयो संविधान नै उल्ट्याउने प्रयास भएको' उनले बताए ।
दाहालले राष्ट्रिय एकता कायम नभएसम्म आफूहरुको लडाइँ जारी रहने बताउँदै भने, 'अब हामी शान्तिपूर्ण तरिकाले आवश्यक संविधान संशोधन गरेर अगाडि बढिनेछौं । माओवादी केन्द्र बलियो भयो भने राष्ट्रले निकास पाउँछ। माओवादी केन्द्र कमजोर भयो भने पाएका उपलब्धी पनि गुम्छन् ।'
प्रचण्डले माओवादीलाई मधेसी तथा थारुहरु माझ खुइल्याउने प्रयास भइरहेको आरोप समेत लगाएका छन् ।
'एकथरी अवसरवादीहरु मधेसमा जाँदा माओवादी होइन, मधेसको हित गर्ने हामी हौँ भन्दै नक्कली मधेसवादीहरु पुग्छन्,' उनले भने, 'यतातिर (कैलाली) आएर थारुहरुको त हामी हौँ । माओवादीले त छाडिसक्यो भन्छन् । काम गर्ने कालु मकै खाने भालु भन्छन् नी। त्यस्तै अहिले एकथरी भालुहरु निस्किएका छन् ।'
प्रचण्डले जनताको लागि लड्ने पार्टी माओवादी भएको दाबी गर्दै भने, 'तपाईँकै छोराछोरीको पार्टी भनेकै माओवादी केन्द्र हो ।' उनले अघिल्लो सरकारमा हुँदा केपी शर्मा ओलीले जनताको राम्रो काम होस भन्ने नचाहेकोसमेत आरोप लगाए ।
'जनताको पक्षमा प्रचण्डले बोले भने केपी ओलीले सुन्न नचाहने । त्यसैले त बालकोट पुगेनी,' उनले भने, 'अहिले त्यस्तो छैन । हुन त प्रधानमन्त्री त म होइन् । तर, प्रधानमन्त्री भन्दा कम पनि छैन । अर्थमन्त्रालय हामीसँगै छ । भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ । युवाहरुको रोजगारी खेलकुदको समस्या समाधान गर्ने मन्त्रालय पनि हामीसँग छ । यसपाली केपी ओलीको जस्तो हुँदैन ।'
फाेटाे/ बिना मगरकाे फेसबुकबाट

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस