गाउँ सहर

प्रधानमन्त्री देउवालाई संयुक्त विद्यार्थी संगठनले बुझाए ज्ञापन पत्र

काठमाडाैं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । विद्यदार्थी संगठनले प्रधानमन्त्री शेर बहादुर देउवालाई बुधबार ज्ञापन पत्र बुझाउदै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेको हो ।

नेपाल आयल निगमले केही दिन अगाडि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो । सो मूल्य वृद्धि भएपछि संयुक्त विद्यार्थी संगठनले निरन्तर आन्दोलन गर्दै आएको छ । मूल्य वृद्धि फिर्ता नभए थप आन्दोलन गर्नै विद्याथी संगठनको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

गाउँ सहर संवाददाता