आज काँग्रेस अधिवेशनकाे सबै जिल्लाको नतिजा आइसक्ने
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | ०९:४०:०० मा प्रकाशित

काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधवार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधवार आउने बताए ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधवार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधवार आउने बताए ।
संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलवार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधवार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।”
यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भइरहेको उहाँले बताउनुभयो। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदै छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस