५५ बर्षीय फरार प्रतिवादी पक्राउ
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | १५:५२:०० मा प्रकाशित

सुनसरी । प्रहरीले फरार प्रतिवादीलाइ पक्राउ गरेकाे छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१६ गैरीटोल बस्ने ५५ बर्षीय नविन गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत विराटनगरको २०७७ माघ ७ गतेको फैसलाबाट ठहर भएको ४ वर्ष ७ महिना ४ दिन कैद सजाय भुक्तान नभई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि करागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटानगरले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस