थामिएन शेयरबजार घट्ने क्रम, चार खर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | १५:३२:०० मा प्रकाशित

काठमाडाैं । मंगलबार पनि शेयरबजार घट्ने क्रम राेकिएन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । सोमबार ७.९० अंकले बढेको शेयर बजार आज फेरि दोहोरो अंकले घटेको हो । नेप्से आज ३२.२९ अंकले घटेर दुई हजार सात सय ३३ दशमलब १४ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ३ अर्ब ९२ करोड ९२ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ । आज मानुषी लघुवित्तको शेयरमूल्य बढेर प्रतिकित्ता १९९०.१० पुगेको छ ।
त्यस्तै, आज आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज ४१ करोड भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस