थामिएन शेयरबजार घट्ने क्रम, चार खर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | १५:३२:०० मा प्रकाशित
काठमाडाैं । मंगलबार पनि शेयरबजार घट्ने क्रम राेकिएन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । सोमबार ७.९० अंकले बढेको शेयर बजार आज फेरि दोहोरो अंकले घटेको हो । नेप्से आज ३२.२९ अंकले घटेर दुई हजार सात सय ३३ दशमलब १४ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ३ अर्ब ९२ करोड ९२ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ । आज मानुषी लघुवित्तको शेयरमूल्य बढेर प्रतिकित्ता १९९०.१० पुगेको छ ।
त्यस्तै, आज आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज ४१ करोड भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस