नेपाल बारले भाेली १८ वटा उच्च अदालतमा धर्ना दिने, पर्सि सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | १४:१२:०० मा प्रकाशित
काठमाडाैं । नेपाल बार एसाेसिएशनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।
आज मङ्गलवार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले पर्सि बिहीवार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो ।
धर्नामा बोल्दै नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यसमेत संलग्न रहने जानकारी दिए । उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले भाेलि बुधवार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि बताए ।
उनले भने, ‘न्यायपालिकाको गरिमा कायम राख्न, न्यायपालिका भ्रष्टाचारमुक्त बनाउन हामीले गरिरहेकाे आन्दाेलनलाई ऐक्यबद्धता जनाउँदै नागरिक आन्दोलन, विभिन्न पेसाकर्मीसहित पर्सि बिहीवार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दैछाैँ । बालुवाटारकै सेरोफेरोको कारणले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अहिलेसम्म लुकेर मुसाको दुलोमा पसेजस्तो आइराख्नुभएको छ, त्यो हटाउनका लागि अभियान सञ्चालन गर्न नागरिककाे तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने प्रस्ताव आइरहेकाे छ ।’
बारले अदालतमा जारी विवादबारे शान्ति र लोकतन्त्रका लागि पेसागत संगठन सञ्जाल(पापड)सँग छलफल गरेको थियो । बालुवाटारमा नै धेरै कुरा तय हुने र प्रधानन्यायाधीश जबरा लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्च गर्नुपरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस