बडुवाल हत्याका थप एक आरोपी पक्राउ
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर सोमबार, २०७८ | १३:४७:०० मा प्रकाशित
धनगढी । प्रहरीले कैलाली लम्कीचुहाका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका–३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरानबाट पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिएका छन् ।
केही दिनअघि पक्राउ परेका शाहीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको हत्या भएको थियो । घटनापछि शाही भागेर सुनसरी पुगेका प्रहरीले जनाएको छ ।
दुई आपराधिक समूहको झगडामा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।
बडुवालको हत्या गरेको आरोप लगाउँदै परिवारले १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दिएको छ ।
हालसम्म शाहीसहितका १० जना पक्राउ परेका छन् भने घटनाका मुख्य अभियुक्त भनिएका चिसापानीका नवीन रावलसहितका ६ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस