गाउँ सहर
ब्राउनसुगरसहित दुई युवक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर आइतबार, २०७८ | १३:४०:०० मा प्रकाशित
काठमाडाैं । सिरहाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाइ नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय इन्दल कुमार यादव र २० वर्षीय कपिल महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन् ।
शनिबार राती सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ डण्डाटोल जाने बाटोमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरी टोलीले जाँचको क्रममा ४ ग्राम ५५० मिलिग्राम ब्राउअन सुगर, नाइट्रोभेट ट्याब्लेट दुईवटा बरामद गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिएका हुन् ।
पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएकाे छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस