स्वास्थ्य
पछिल्लो २४ घण्टामा २४२ संक्रमित थपिए, झण्डै दाेब्बर निको, एक जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर शनिबार, २०७८ | १७:३५:०० मा प्रकाशित
काठमाडौं । नेपालमा थप २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सात हजार १३६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २४२ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार १४५ नमुनाको पीसीआर परीक्षण गर्दा २०९ र दुई हजार ९९१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ९९ हजार ९८९ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या सात हजार ३०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस