कानून व्यवसायी र प्रहरीबीच झडप, केही वकिल पक्राउ
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | १२:०३:०० मा प्रकाशित

काठमाडाैं । सर्वोच्च परिसरमा कानून व्यवसायी र प्रहरीबीच झडप भएको छ । नेपाल बार एशोसिएशनको नेतृत्वमा प्रदर्शन गर्दै आएका कानून व्यवासायीहरु सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न खोजेपछि प्रहरीले राेक्न खाजेको थियो । प्रहरीले कानून व्यवसायीलाई राेक्न खोज्दा दुई पक्षबीच झडप भएको हो । कानून व्यवसायी सर्वोच्च परिसरमा जान खोजि रहेका छन् भने प्रहरीले राेक्न खोजी रहेको छ ।
प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आएको छ । तर जबराले राजीनामा नदिने बताउँदै आएका छन् । प्रधानन्यायाधीश जबराले वार्तामा आउन गरेको आग्रह कानून व्यवसायीले अस्वीकार गरेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा एक मात्र विकल्प भएको बताएका छन् ।
बारको आन्दोलनमा प्रहरीले हस्तक्षप गरेको भन्दै कानून व्यवसायीले आन्दोललाई थप कडा बनाएका छन् । यस्तै कानून व्यवसायीले आज बारका सल्लाहाकार, पूर्व पदाधिकारीसँग छलफल गर्ने बताइएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले २४ गतेदेखि आन्दोलन गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस