राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागु २१ गते निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा विघटन गरेका थिए ।

रिटमा सफलले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको जिकिर गर्दै उनको नियुक्ति बदर गर्न समेत माग गरेका छन् ।

रिट दर्ताको प्रक्रियामा रहेको र सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत