सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | ११:३७:०० मा प्रकाशित

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ, तेजावी सुन ९३ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २७५ रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी सुन ९४ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २४.९३ डलर आसपासमा कारोबार भइरहेको जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस