सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | ११:३७:०० मा प्रकाशित
काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ, तेजावी सुन ९३ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २७५ रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी सुन ९४ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २४.९३ डलर आसपासमा कारोबार भइरहेको जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस