सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीको प्रदर्शन सुरु
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | ११:०८:०० मा प्रकाशित
काठमाडौं । कानून व्यवसायीले शुक्रबार पनि प्रदर्शन सुरु गरेका छन् ।
केही दिनदेखि सर्वोच्च अदालत परिसरभित्रैबाट धर्ना दिएका कानून व्यवसायीलाई आज भने भित्र प्रवेश गर्न दिइएको छैन । अहिले कानून व्यवसायीहरू नेपाल बार एशोसिएसनकै परिसरमा छन् ।
सर्वोच्च परिसरको प्रदर्शनस्थलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिएका छन् । अहिलेसम्म कानून व्यवसायी नियमित धर्नास्थलसम्म पुगेका छैनन् । सर्वोच्च परिसरमा यसअघिको भन्दा आज सुरक्षा व्यवस्था कडा गरिएको छ । बिहीबार पनि एसएलआरसहितका प्रहरी खटाइएको थियो ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।
समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस