भोलिदेखि कांग्रेस प्रदेश क्षेत्रको अधिवेशन शुरू
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | १५:०३:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ मंसिर देखि प्रदेशसभा निर्वाचन क्षेत्र शुरु हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौँमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका ३३० प्रदेशमा अधिवेशन गर्न लागेको छ ।
तापनि, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ । जसकारण विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिएका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएपछि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन हुने जनाए ।
‘सबैजसो जिल्लामा वडा र पालिकास्तरका अधिवेशन सम्पन्न भएका छन्, विवाद देखापरेका जिल्लामा निर्वाचन समितिले थप निर्णय र निर्देशन दिनेछ,’ प्रवक्ता शर्माले भने, ‘तर पनि समस्या समाधान भएका जिल्लाहरुमा प्रदेशस्तरका निर्वाचन गर्दछौं ।’ शर्माका अनुसार ३३० वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि ६ मंसिरमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस