सर्वोच्चमा कानुनव्यवसायी र प्रहरीबीच झडप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | १२:१८:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वाेच्च बार एसोसिएसनको अगुवाईमा आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच आज पनि सर्वाेच्च अदालत परिसरमा धर्नामा बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् ।
वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो ।
झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन् ।
राणाले प्रयोग गर्ने गरेको बैकल्पिक वाटो पनि रोक्ने योजनामा कानुन ब्यवसायी अगाडी वढेपछि प्रहरीसाग कानुन ब्यवसायीहरुको धकेलाधकेल भएको हो । बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोकेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस