वातावरण

बिहीबार आंशिक देखि सामान्य बदली

२०७८ मंसिर ०२ गते (बिहीबार), जल तथा माैसम विज्ञान विभागका अनुसार यस्ताे छ माैसमः

दिउँसो: प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरू आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ । गण्डकी र कर्णाली, भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरू आंशिक देखि सामान्य बदली बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी र कर्णाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता