चोरीका करोडौंका गरगहना र नगदसहित महिला पक्राउ
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | १४:०६:०० मा प्रकाशित

काठमाडाैं । कैलालीको लम्कीचुहा नगरपालिकाकी विष्णु शाही र कञ्चनपुर बस्ने उनका दाई लालबहादुर भारतको बेङलोरमा एक वर्षदेखि घरेलु कामदार थिए। बेङलोरस्थित शदाशिव नगरका भेन्कीपिन्च स्कोटीको घरमा उनीहरु काम गर्दै आएका थिए।
स्कोटीकै घरबाट करोडौंका गरगहना र नगद चोरी गरेको आरोपमा विष्णु र लालबहादुरलाई प्रहरीले पक्राउ गरेको जनाएकाे छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार बेलौरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट १० देशका बैदेशिक मुद्रा र १६३ तोला सुन पनि बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी कञ्चनपुरका प्रमुख विरेन्द्र ऐरले बताए। चोरी गरी ल्याएको डेल कम्पनीको ल्यापटप एक थान, एप्पल कम्पनीको ल्यापटप तीन थान, ४३ हजार ९ सय भारतीय रुपैयाँ, ४० हङकङ रुपैया, १ हजार २ सय ६० थाईलेण्ड भाट, ४१ हजार ५ अमेरिकन डलर, २ हजार ८ सय १० क्यानडियन डलर, २३ मलेसियन रिंगिट, १८ सिंगापुर डलर, १ कतार रियाल, १ सय ३० दुबई दिराम, १ सय ६१ युवान बरामद गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बरामद सामाग्रीको मुल्याकंन गरी पक्राउ परेका व्यक्तिसहित समानलाई इलाका प्रहरी कार्यालय बेलौरीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस