गाउँ सहर
सर्वोच्च अगाडि आज पनि प्रदर्शन, मंसिर ३ गतेभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई बारकाे अल्टिमेटम
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | ११:१८:०० मा प्रकाशित
काठमाडाैं । नेपाल बार एशोसिएशनले आज पनि विरोध प्रदर्शन गरेको छ । बारको नेतृत्वमा कानून व्यवसायीहरुले सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा कानून व्यवसायी र प्रहरीबीच ठेलाठेल भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै २५ दिनदेखि जारी बारको आन्दोलनले सर्वोच्चको नियमित काम प्रभावित हुँदै आएको छ ।
बारले प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बारको प्रदर्शनमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा पनि विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् । यस्तै बारले प्रधानन्यायाधी जबराले गरेका विवादस्पद फैसालको अध्ययन गर्ने जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस