यी हुन् सबैभन्दा बढी कर तिर्ने १५ करदाताहरू, व्यक्तिमा सिद्धार्थ शम्शेर (सूचिसहित)
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | ०९:५३:०० मा प्रकाशित

काठमाडौं । गत आर्थिक बर्ष २०७७/७८ मा सबैभन्दा बढि कर बुझाउने कम्पनीको पहिलो स्थानमा सूर्य नेपालनै भएको छ ।
सरकारले हरेक बर्ष कर दिवसको अवसर पारेर सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । जसको पहिलो स्थानमा सूर्य नेपाल पर्दै आएको थियो ।
कम्पनीले यो बर्ष पनि आफ्नो ताज जोगाईराख्न सफल भएको छ । सूर्य नेपालले यस अवधिमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क करलगायत हरेक शिर्षकमा उच्च कर तिरेको थियो ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा धेरै कर तिर्ने बैंकमा भने नबिल बैंक रहेको छ ।
बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढि कर तिर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी पर्दा पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल परेको छ ।
यस्तै सहकारी तथा लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीहरुमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले यो बर्षको ताज पहिरेको छ ।
व्यक्तिगतमा सबैभन्दा बढि कर तिर्नेमा सिद्धार्थ शम्शेर जबरा रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस