यी हुन् सबैभन्दा बढी कर तिर्ने १५ करदाताहरू, व्यक्तिमा सिद्धार्थ शम्शेर (सूचिसहित)
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | ०९:५३:०० मा प्रकाशित
काठमाडौं । गत आर्थिक बर्ष २०७७/७८ मा सबैभन्दा बढि कर बुझाउने कम्पनीको पहिलो स्थानमा सूर्य नेपालनै भएको छ ।
सरकारले हरेक बर्ष कर दिवसको अवसर पारेर सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । जसको पहिलो स्थानमा सूर्य नेपाल पर्दै आएको थियो ।
कम्पनीले यो बर्ष पनि आफ्नो ताज जोगाईराख्न सफल भएको छ । सूर्य नेपालले यस अवधिमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क करलगायत हरेक शिर्षकमा उच्च कर तिरेको थियो ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा धेरै कर तिर्ने बैंकमा भने नबिल बैंक रहेको छ ।
बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढि कर तिर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी पर्दा पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल परेको छ ।
यस्तै सहकारी तथा लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीहरुमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले यो बर्षको ताज पहिरेको छ ।
व्यक्तिगतमा सबैभन्दा बढि कर तिर्नेमा सिद्धार्थ शम्शेर जबरा रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस