चिसोमा इन्फ्लुएन्जा (फ्लू) बाट कसरी बच्ने ? रोकथामका यी हुन उपाय
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १२:२६:०० मा प्रकाशित
काठमाडौँ । जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लू) बढेको छ । जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्न सक्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा फ्लू लाग्न सक्छ ।
ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिंगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महशुष हुनुजस्ता यस रोगका लक्षणहरु हुन् ।
यसबाट बच्नको लागि बिरामी भएका व्यक्तिहरुसँग भौतिक दुरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाक छोप्ने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, सम्भव भए बिरामी हुँदा घरमै बस्ने, बेलाबेलामा साबुनपानीले हात धुने, आँखा—नाक—मुख नछुनेजस्ता उपाय गर्नुपर्दछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस