गाउँ सहर

काेराेना अपडेट : थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाकाे मृत्यु

काठमाडौं । पछिल्लाे २४ घणटामा नेपालमा थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १२ हजार ४०२ जनाको नमूना परीक्षण गर्दा सोमबार ३०६ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५५५ जनाको पीसीआर र ४ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ३६७ र एन्टिजेन परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ । 

गत २४ घण्टामा २७० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले बताएकाे छ । 

 

 

 

 

 

 

गाउँ सहर संवाददाता