खेल
नेपाल क्रिकेट संघले चार जना खेलाडीलाई स्पष्टीकरण सोध्यो
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १४:१८:०० मा प्रकाशित
काठमाडौं । खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै संचार माध्यमलाई दिएको अभिव्यक्तिलाई लिएर नेपाल क्रिकेट संघ (क्यान)ले चार जना खेलाडीलाई स्पष्टीकरण सोधेको छ ।
क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको हो ।
गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि जनाएको विषयमा क्यानले आगामी बुधबारसम्ममा लिखित स्पष्टीकरण दिन भनेको छ ।
उनीहरुले अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि गरिएको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै प्रश्न गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस