डा. रेणुकाको ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक (भिडिओसहित)
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | ०७:३७:०० मा प्रकाशित
काठमाडाैं । गीतकार डा. रेणुका सोलुको शब्द तथा गायक स्वरूपराज आचार्यकाे स्वर रहेकाे “किन लाग्यो इन्द्रेणी“ गीतको भिडिओ सार्वजनिक भएकाे छ ।
शनिवार काठमाण्डौँस्थित मेगा कलेजको सभा हलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ नाट्यकर्मी अशेष मल्लले गीतको भिडिओ सार्वजनिक गरेका हुन् ।
गीतमा सङ्गीत आरसी थापाले भर्दा एरेन्जको काम फणिन्द्र राईले गरेका छन् ।
.jpg)
उमेश पोखरेलको निर्देशनमा तयार भएको भिडिओमा रक्षा थापा बस्नेत, अनुप न्यौपाने र बेदना राईले अभिनय गरेका छन् । अभिनय गर्ने रक्षा गीतकार सोलुकी छोरी हुन् ।
गीतकाे भिडिओ सार्वजनिक गर्दै वरिष्ठ नाट्यकर्मी अशेष मल्लले गीतमा रक्षा थापा बस्नेतलगायतकाे उत्कृष्ट अभिनय रहेकाे उल्लेख गर्दै नयाँ कलाकार भएपनि उनीहरू देशको भविष्यमा अत्यन्तै आशलाग्दो भएकोले भविष्य सुन्दर रहेको कुरा बताए ।
.jpg)
गीतको शब्द, सङ्गीत, अभिनय त्रीवेणीका रुपमा तिनवटै पक्ष अत्यन्तै उत्कृष्ट रहेको र अझै उत्कृष्ट कर्म गरिरहन छोरीपुस्तालाई हाैसला दिनुपर्ने खत्रीले बताइन् ।
कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा, डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा, अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत, सञ्चारकर्मी शिखर गजारकोटे, धनवल राई, मोडल रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, निर्देशक उमेश पोखरेल, चे शंकर, पुरन ओली, मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्की लगायतको उपस्थिति थियो ।
डा. रेणुका साहित्यका विभिन्न पाटाेमा कलम चलाउँदै आएकी छन् भने छाेरी रक्षा पनि अभिनय यात्रामा छिन् ।
मोडलसमेत रहेकी रक्षाले ‘म बाँच्नुको’, ‘धेरैपछि’, ‘सुनबुकी फूल’लगायतका गीतमा आफ्नो शसक्त अभिनय कला देखाईसकेकी छिन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस