डा. रेणुकाको ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक (भिडिओसहित)
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | ०७:३७:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । गीतकार डा. रेणुका सोलुको शब्द तथा गायक स्वरूपराज आचार्यकाे स्वर रहेकाे “किन लाग्यो इन्द्रेणी“ गीतको भिडिओ सार्वजनिक भएकाे छ ।
शनिवार काठमाण्डौँस्थित मेगा कलेजको सभा हलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ नाट्यकर्मी अशेष मल्लले गीतको भिडिओ सार्वजनिक गरेका हुन् ।
गीतमा सङ्गीत आरसी थापाले भर्दा एरेन्जको काम फणिन्द्र राईले गरेका छन् ।
उमेश पोखरेलको निर्देशनमा तयार भएको भिडिओमा रक्षा थापा बस्नेत, अनुप न्यौपाने र बेदना राईले अभिनय गरेका छन् । अभिनय गर्ने रक्षा गीतकार सोलुकी छोरी हुन् ।
गीतकाे भिडिओ सार्वजनिक गर्दै वरिष्ठ नाट्यकर्मी अशेष मल्लले गीतमा रक्षा थापा बस्नेतलगायतकाे उत्कृष्ट अभिनय रहेकाे उल्लेख गर्दै नयाँ कलाकार भएपनि उनीहरू देशको भविष्यमा अत्यन्तै आशलाग्दो भएकोले भविष्य सुन्दर रहेको कुरा बताए ।
गीतको शब्द, सङ्गीत, अभिनय त्रीवेणीका रुपमा तिनवटै पक्ष अत्यन्तै उत्कृष्ट रहेको र अझै उत्कृष्ट कर्म गरिरहन छोरीपुस्तालाई हाैसला दिनुपर्ने खत्रीले बताइन् ।
कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा, डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा, अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत, सञ्चारकर्मी शिखर गजारकोटे, धनवल राई, मोडल रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, निर्देशक उमेश पोखरेल, चे शंकर, पुरन ओली, मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्की लगायतको उपस्थिति थियो ।
डा. रेणुका साहित्यका विभिन्न पाटाेमा कलम चलाउँदै आएकी छन् भने छाेरी रक्षा पनि अभिनय यात्रामा छिन् ।
मोडलसमेत रहेकी रक्षाले ‘म बाँच्नुको’, ‘धेरैपछि’, ‘सुनबुकी फूल’लगायतका गीतमा आफ्नो शसक्त अभिनय कला देखाईसकेकी छिन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस